झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत आचरण भएका जोसुकैले कारवाही भोग्नुपर्ने बताएका छन् । दशैँको शुभकामना आदानप्रदान कार्यक्रमका लागि सोमबार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले बलात्कारको आरोप लागेर प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लक्षित गर्दै गलत आचरण भएको जोसुकैले कारवाही भोग्नु पर्ने बताए ।
बलात्कारको आरोपमा महरालाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीको यस्तो भनाई सार्वजनिक भएको हो । शुभकामना आदनप्रदान कार्यक्रममा प्रधानमन्त्रीले भने, “आचरण ठिक नहुनेमाथि कारबाही गरिने छ, कसैको आचरणमा तलमाथि पर्यो भने त्यो म सहन्नँ। ठूलो होस या सानो त्यसले कुनै फरक पार्दैन,दोसको आधारमा कारवाही हुन्छ ।”
देश समृद्ध र जनता सुखी बनाउने अभियानमा सरकार लागि परेको भन्दैप्रधानमन्त्री ओलीले भ्रष्टाचार, अत्याचार, वेथिति आफुलाई सैह्य नहुने प्रष्ट पारे ।
यो पनि पढ्नुहोस
महराको बलात्कारकाण्डको समाचार लेख्ने पत्रकार सुरक्षा निगरानीमा
रोशनीको सुरक्षाका लागि प्रहरीले असई र एक महिला प्रहरी खटाइयो









