जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे शुक्लाफाटा नगरपालिका १ गणेशपुरका ७० वर्षीय बलदेव बोहरा रहेका छन् ।

बुधबार दिउँसो बाख्रा चराउन सिद्ध वैजनाथ सामुदायीक वनमा गएका उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै स्थानीय नारायण सार्की  भने घाइते भएका छन् । उनलाई सामान्य चोटपटक लागेको छ । हात्तीले बोहरालाई आक्रमण गरेको देखेपछि उनी भागेर बाँच्न सफल भएका छन् ।

कञ्चनपुरमा जंगली हात्तीले वर्षेनी  सयौं विगाहमा लगाएको धानबाली, केरा र उखुबारी नष्ट गर्दै आएको छ । पछिल्लो केही वर्ष यता भने मान्छेको ज्यान समेत लिन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार