
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा शनिबार आयोजित चियापान कार्यक्रममा बोल्दै नेता थापाले कामचोर ठेकेदारले जय नेपाल भने पनि, लालसलाम भने पनि छुट दिन नहुने बताए ।
काठमाडौं क्षेत्र नम्बर ४ का कामचोर ठेकेदारलाई चिठ्ठी काटेर छिटो काम गर्न समयसीमा तोकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई नउनले धन्यवाद समेत दिए ।
प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको निकै समस्या भएको तर खानेपानीको काम गर्न घरबेटी आएको भन्दै आपत्ति जनाए।
आफ्नो क्षेत्रमा पहिलाकै कामहरु पनि नसकी जनतालाई दुख दिइरहेको भन्दै उनले मेलम्ची खानेपानीका ठेकेदारलाई चिठ्ठी काटेर समयमै काम सक्काउन अनुरोध गरेको जानकारी दिए ।आफ्नो क्षेत्र कपन एरियाको सडक चाँडै नसके प्रचण्डको घरबेटीको घरमा छिर्ने समेत उनले चेतावन दिए ।










