मानव अधिकार आयोगका अध्यक्ष नै भन्छन, ‘नेपालमा कागजी मानव अधिकार मात्र,


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन् । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले नयाँ संविधान बने पनि त्यो कागजमै सिमित भएको बताए ।

‘दण्डहीनता बढेको छ, महिला, दलित माथि विभेद र हिंशा झन बढेको छ अध्यक्ष शर्माले भने सरकार अपराध नियन्त्रण गर्न असफलता उन्मुख छ ।’ अध्यक्ष शर्माले नयाँ संविधानमा मानवअधिकारबारे धेरै राम्रा सकारात्मक कुराहरु उल्लेख भएको भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताए ।

नयाँ संविधान र कानुन बलियो हुँदा पनि नागरिकको अवस्थामा परिवर्तन नहुँदा नेपालको मानव अधिकार कागजमामात्र भएको उनको भनाई छ । ठुलो राजनितीक परिर्वतन भएर देश संघात्मक स्वरुपमा जाँदा समेत काम कारवाही एकात्मक रहेको अध्यक्ष शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार