
चितवन । चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु तीनै जनाको थुनछेक बहश सकिएको छ । सोमबार दिउँसोबाट सुरु भएको थुनछेक बहशमा वादी र प्रतिवादी दुबै तर्फका वकिलहरुले बहश गरेका थिए ।
घटनाका आरोपित संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीको बिषयमा केहिबेरमा अदालतको आदेश आउन सक्ने आरोपित अस्मिताको तर्फबाट बहश गरेका वकिल मनिष कुमार श्रेष्ठले बताए । स्रोतका अनुसार अहिले न्यायधिशबाट फैसलाको कागज तयार भइरहको छ ।
थुनछेक बहस सकिएकाले आजै केहीबेरमा अदालतको आदेश आउन सक्नेछ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए।
भिडियो पनि हेरौं









