देशैभरी चिसो बढ्यो, तराईमा कठ्यांग्रिएर चारको मृत्यु

काठमाडौं । यतिबेला देशैभरी चिसो अत्यधिक बढेको छ । चिसोका कारण जनजिवन प्रभावित भएको छ भने कतै मान्छेको ज्यानै गएको छ । अत्यधिक चिसोले कठ्यांग्रिएर तराईमा चार जनाको मृत्यु भएको छ ।

मध्ये तराईका धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका २३ की ४४ वर्षीया सुनितादेवी कापडी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ का ५५ वर्षीय स्माइलमेहा मन्सुली र बारा र पर्सामा एक एक जना रहेका छन् ।

बारा र पर्सामा मृत्यु भएका दुई जनाको भने परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तराईमा यतिबेला बाक्लो हुस्सु चलिरहेको छ भने घाम नलागेको हप्तै भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार