शैक्षिक संस्था, आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म बन्द


काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ अन्तिमसम्म बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै यस्तो निर्णय गरेको हो ।

यसअघिको मन्त्रिपरिषद बैठकले भदौ १५ सम्मका लागि अन्तरजिल्ला सार्वजनिक यातायात स्थगित गरेको थियो । कोरोना संक्रमण बढेसँगै अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।

बैठकले विद्यालय र कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ ।

अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो।

तर बैठकमा केही मन्त्रिहरुले कोटा बढाउनु पर्ने माग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार