काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।
मंगलबार बिहान बा ३ ख ९४५० नम्बरको ट्यांकर सोह्रखुट्टेको ओरालोमा गुडिरहँदा एक्कासी ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका ६ वटा सवारी साधानलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरले बताए ।
डीएसपी राठौरका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । ब्रेकफेल भएर अनियन्त्रितत गुडिरहेको ट्यांकर घरमा गएर ठोक्किएपछि रोकिएको थियो । घटनालगत्तै चालक फरार छन् । ट्यांकर धनी भने प्रहरीको सम्पर्कमा आएको राठौरले बताए ।










