• कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    धरान । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  विराटनगर तिनपानीकी ५० वर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको बताइएको छ ।  उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि उनलाई हिजोराति धरान ल्याइएको थियो ।  ...

  • सुरुवा भएर गएका ६ जना प्रहरीमा कोरोना पुष्टि

    खोटाङ । सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ गएका ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ गएका ११ प्रहरीमध्ये ६ जनामा कोरोना पुष्टि भएको हो । साउन २९ गते १३ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना...

  • संक्रमण फैलिएपछि झापाका चार पालिकामा लकडाउन

    झापा । कोरोना संक्रमण बढेपछि झापाका चार वटा पालिकामा लकडाउन गरिएको छ । संक्रमण थप नफैलियोस भन्नका लागि एक हप्तासम्म लकडाउनमा गएको ति पालिकाहरुले जनाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिकामा एकहप्तासम्म लकडाउन घोषणा गरिएको हो । समुदायस्तरमा कोरोना फैलि...

  • कोरोनाबाट थप चारको मृत्यु, मृतकको संख्या ९९ पुग्याे

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मोरङ र सिराहका १ / १ र बाराका २ गरी चार जना रहेका छन् । अहिलेसम्म ७७ पुरुष र २२ महिला गरी ९९ जनाको मृत्यु भएको मन्त्रालयका...

  • थप दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय पुरुष र विराटनगर १५ का ३० बर्षीय पुरुष रहेका छन् । उनीहरु दुबै जनाको विराटनगरमा रहेको कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।...

  • बुटवलमा आजदेखि भदौं ५ गतेसम्म लकडाउन, धरानमा ३ गतेसम्म लम्बियो

    बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवलमा आजबाट लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना फैलिदै गएपछि आजदेखि भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो । बुधबार बसेको नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैकले साउन २९ गते रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन अवधिमा स्वाथ्य क...

  • कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु

    विराटनगर । कारोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ५७ वर्षका पुरुष रहेका छन् । उनको आज कोशी अस्पताल कोभिड– १९ मा उपचारका क्रममा मृ त्यु भएको अस्पतालले जनाएको छ । उनी नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक पनि थिए ।...

  • सांसद श्रेष्ठलाई पनि कोरोना पुष्टि

    विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । श्रेष्ठको स्वास्थ्य अवस्था स...

  • जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना पुष्टि

    विराटनगर । जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणमा एकजना न्यायाधीशलाई कोरोना पुष्टि भएको हो । अन्य तीन जनाको भने नेगेटिभ आएको छ । न्यायाधीशलाई कोरोना भेटिएपछि उनको सम्पर्कमा आएका अन्य ४० जनाको पनि स्वाब  परीक्षण गरिने बताइएको छ ।...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १-१ गरी दुई जनाको मृत्यु भएको हो । पर्साको वीरगञ्ज महानगरपालिका ९ माईस्थानका एक पुरूषको बिहीबार पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटु रोगी समेत रहेका उनको श्वासप्रश्वा...