
बाजुरा। बाजुरामा श्रीमानले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार जिल्लाको गौमुल गाउँपालिका ४ का अन्दाजी ४० बर्षीय गोरख रोकायाले आफ्नै ३३ बर्षीय श्रीमती सुन्तुको गोली हानी हत्या गरेका हुन ।
श्रीमतीको हत्या गर्ने रोकायालाई प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
हत्या गरिएको अवस्थामा गोठमा शव फेला परेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसंन्धानगरी दोषीमाथि कारवाही सुरु गरिने प्रहरी निरिक्षक ठगुन्नाले बताए ।












