गुणस्तरहीन राहत वितरण गर्ने मेयरसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

वीरगञ्ज । गुणस्तरहीन राहत वितरण गरेको अभियोगमा मेयरसहित १२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो ।

प्रहरीले उनीहरुविरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको बताएको छ । लकडाउनको समयमा राहत वितरण गर्ने भन्दै नगर प्रमुख सहितको टोलीले कुहिएको दाल वितरण गरेको पाइएको थियो । प्रहरीले वितरण गरिएको दाल बरामद गरी घटनाको अनुसन्धान सुरु गरेको हो ।

उनीहरुलाई मंगलबार नै बारा जिल्ला अदालत पेश गरिएको थियो । अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले सुरुमा ५ जनालाई मात्रै समातेर अनुसन्धान गर्दा पछि दाल विक्रि गर्ने पसलका व्यक्ति राहत वितरणमा संलग्न अन्य व्यक्तिलाई पनि समातेर मुद्दा दर्ता गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार