नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीद्धारा आत्मालोचना, २५ गते स्थायी कमिटी बैठक बोलाइयो


काठमाडौं । केहिबेर अघि बालुवाटारमा सम्पन्न सत्तारुढ नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले बैशाख २५ गते पार्टी विवादबारे बृहत छलफल गर्न स्थायी बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेका छन् । प्रवक्ता श्रेष्ठका अनुसार उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने समेत सचिवालय बैठकले निर्णय गरेको छ ।

२५ गते बस्ने स्थायी कमिटी बैठकका लागि २४ गते सचिवालय बैठक बस्ने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीको स्थायी कमिटी बैठक बोलाउनका लागि यसअघि नै २० जना स्थायी समिति सदस्यले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र बुझासकेका थिए । स्थायी बैठक बोलाउने बिषयमा प्रचण्ड सहमत भएपनि ओली मौन रहेपछि विवाद उत्कर्षमा पुगेको छ ।

 

नेकपा सचिवालय बैठकका निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठक बाेलाउने निर्णय गर्याे अरु निर्णय के के गर्याे सुन्नुहाेस् ।

Posted by Anmol Media on Saturday, May 2, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार