
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने बैठक लागेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयले जनाएअनुसार आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएको छ ।











