वीरगञ्जमा भेटिएका १७ संक्रमित एकै परिवारका सदस्य

वीरगञ्ज । बुधबार वीरगञ्जमा भेटिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्यको भएको पुष्टि भएको छ । उनीहरु वीरगञ्ज महानगरपालिका ३ छपकैयाका रहेको बताइएको छ ।

यसअघि सोही ठाउँका ३६ वर्षीया पुरुषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । आज भेटिएका संक्रमितहरु पनि सोही परिवारका सदस्य रहेको पुष्टि भएको छ ।

ती पुरुषलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परीक्षण गर्ने क्रममा परिवारका सदस्यको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । संक्रमित मध्ये एक जना २ महिनाका शिशु रहेका छन् भने एक जना ८६ वर्षका बृद्ध समेत रहेको पाइएको छ ।

उनीहरु सबैलाई नारायणी अस्पताल विरगञ्जको आइसोलेसनमा राखिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार