प्रधानमन्त्री प्रचण्डको घोषणाः निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै निजगढ विमानस्थलको निर्माण कार्य सुरु गर्ने घोषणा गरेका छन् । आज पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै निजगढ अन्तरास्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सुरु हुने घोषणा गरेका हुन् ।

‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ। अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ, प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसङ्गै पोखरा हवाई मार्गमार्फत संसारका मुलुकसंग सिधै जोडिएको पनि बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराको पर्यटन, उद्योग, व्यापार लगायतसंगै समृद्धिको ढोका खुल्ने उनको भनाई छ । कास्की आफु जन्मेको जिल्ला भएकाले पनि यस क्षेत्रको विकासका लागि बिशेष पहल हुने उनले विश्वास दिए ।

प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य छिट्टै सुरु गरिने भनेपनि विवादका कारण यसअघि स्थगित भएको थियो ।
विमानस्थल निमार्णका लागि बारा जिल्लामा ठूलो वनक्षेत्र मास्नु पर्ने भएकाले त्यसले पर्यावरणमा ठुलो हानि पुग्ने भन्दै त्यसको चौतर्फी आलोचना हुँदै आएको छ ।

सरकारको विमानस्थल बनाउने निर्णयविरुद्ध सर्वोच्चमा मुद्धा समेत परेको थियो । सर्वोच्चले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय तथा चार किल्ला तोक्ने निर्णय र वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा सरकारको निर्णय बदर गरेको थियो ।

विमास्थलका निर्माण गर्दा ठूला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने पर्यटन मन्त्रालयमातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० प्रतिवेदनमा उल्लेख छ । त्यसकारण पनि निजगढ विमानस्थल निर्माण त्यति सहज देखिदैन् । तर, सरकारले बन क्षेत्र नमासी वैकल्पिक माध्यमबाट विमानस्थल निमार्ण कार्य सुरु गर्ने योजना अघि बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार