कोरोना संक्रमणबाट नेपालमा चौथो मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका ७ उम्जनका ७० वर्षीय वृद्ध रहेका छन् ।

उनको जेठ ४ गते मृत्यु भएको भएपनि कोरोना परीक्षणको रिपोर्ट आज मात्रै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार