
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशका विभिन्न ठाउँमा गरिएको परीक्षणमा भेटिएका थप ४२१ संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष रहेका छन् ।
योसंगै नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्केको संख्या १ सय ९४ छ । नेपालमा हालसम्म कोरोना तिजेर घर गएको संख्या १ हजार ७ सय ७२ जना पुगेको समेत प्रवक्ता गौतमले बताए ।










