
काठमाडौं । नेपाली कांग्रेस नेता डा। शेखर कोइरालाले भारतीय मिडियाले नेपालबाट सिक्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत नेता कोइरालाले मिडियाको जिम्मेवारी के हो भन्ने कुरा भारतले नेपाली मिडियाबाट सिक्नुपर्ने बताएका हुन।
भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद भएको समेत उनले उल्लेख गरेका छन् ।
“केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद कुरा हो। मिडियाको जिम्मेवारी उनीहरुले नेपालवाट सिक्नुपर्ने देखिन्छ”, नेता कोइरालाले ट्वीइट गरेका छन्।
केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद कुरा हो।मिडियाको जिम्मेवारी उनीहरुले नेपालवाट सिक्नुपर्ने देखिन्छ।
— Dr Shekhar Koirala (@Shekharnc) July 13, 2020
केहि दिनअघि भारतीय टिभी च्यानल जी न्युजले प्रधानमन्त्री ओली र चिनियां राजदूतका बिषयमा काल्पनीक कथा बनाई आपत्तिजनक सामाग्री प्रशारण गर्दै चरित्र हत्या गरेको थियो ।
जसको नेपाल र भारतमा विरोध भएपछि उक्त टिभीले माफी मागेको थियो । उक्त बिषयलाई लिएर नेपालले ‘प्रोटेस्ट नोट’ समेत भारतलाई पठाईसकेको छ । सरकारले भारतद्धारा अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयां नक्सा जारी गरेदेखि नै भारतीय मिडियाहरुले विभिन्न भ्रमपुर्ण र झुटा सामाग्री प्रशारण गर्दै आएको छ ।









