प्रदेश सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख सहयोग


जनकपुर । प्रदेश २ सरकारले राजु सदासहित तीन जनाको परिवारलाई ५ लाख आर्थिक सहयोग गरेको छ । विभिन्न समस्याले मृत्यु भएका तीन जनाको परिवारलाई ५ लाख दिने सरकारले घोषणा गरेको थियो ।

उक्त घोषणा अनुसार आइसोलेसनमा छटपटिएर मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका ७ का राजु सदा, सीमामा भोकले तड्पिएर ज्यान गुमाउने शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादव र प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत फेला परेका सबैला नगरपालिका १२ का शम्भु सदाको परिवारलाई सहयोग गरेको हो ।

सरकारले प्रत्येक परिवारलाई ५ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत आफैं तीनै जनाको घर पुगी उनीहरुको परिवारलाई चेक हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार