कैलाली । सुदूरपश्चिम प्रदेशको संसद बैठक लगातार छैठौं पटक स्थगित भएको छ । बजेट प्रस्तुतीपछि बुधबार छैठौं पटक बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको हो।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका विषयमा सरकार र प्रतिपक्षी दलबीच सहमति नभएपछि बैठक पटक पटक स्थगित हुर्दै आएको छ । बजेटको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले आन्दोलन गरिरहेका छन् ।
त्यसैगरी सत्तारुढ दलले समेट बजेट संशोधनको माग सहित मुख्यमन्त्रीलाई हस्ताक्षर बुझाएको छन् ।
प्रदेशसभाको बैठक आगामी असार २१ गते सम्मका लागि स्थगित गरिए छ ।













