
काठमाडौं । काठमाडौंमा एउटै मासु पसलबाट २२ बोरा मरेका कुखुरा बरामद गरिएका छन् । काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएका २२ बोरा मरेका कुखुरा बरामद गरिएको हो ।
बरामद गरिएका कुखुरालाई बानेश्वर प्रहरीले मंगलबार नष्ट गरेको छ । मरेका कुखुरा बच्ने मासु पसलेलाई भने गुणस्तरहीन मासु बिक्रीको आरोपमा वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना गराएको छ ।
मासु पसलेले मरेका कुखुरालाई जाता मासुको रुपमा बिक्री गर्न लागेको विशेष सूचनाका आधारमा प्रहरीले बरामद गरेको थियो ।











