मन्त्रीमा नाम नपरेपछि मेटमणि चौधरीले भनेः ‘मन्त्री बन्न कम्बिनेसन मिल्नुपर्छ’


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो नाम मन्त्रीको लिस्टमा नपरेपछि त्यसबारे प्रतिकृया दिउका छन् । उनले आफ्नो सामाजिकसंजालमा प्रतिकृया लेख्दै मन्त्री बन्न ‘कम्बिनेसन’ मिल्नुपर्ने बताएका छन् ।

एमालेबाट बिद्रोह गर्दा शसक्त भुमिका खेलेका चौधरीले फेसबुकमा लेखेका छन्, ‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ? मुख्य बिषय होइन । मुख्य बिषय प्रणालि जोगिएको छ । संबैधानिक सर्बोच्च कायम भएको छ र कानुनि राज्यको स्थापना भएको छ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले राजनैतिक खेलाडीका लागि मन्त्री पद महत्वपुर्ण भएपनि सबै प्रकारका संयोजन मिल्नुपर्ने बताएका छन् ।

‘जहाँसम्म मन्त्री बन्ने संभावनाको कुरो- प्रतिनिधि सभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दिर्घकालिन चेत राखेर राजनितिको खुल्ला चौरमा प्रबेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौर बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुरो सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहि त्यो कम्बिनेसन नमिल्न नि सक्छ’, चौधरीले लेखेका छन् ।

उनले लेखेको स्टाटस यस्तो छ

“काे मन्त्री बन्नु भयाे ? काे मन्त्री हुनु भएन ! मुख्य बिषय हाेइन । मुख्य बिषय प्रणालि जाेगिएकाे छ । संबैधानिक सर्बोच्च कायम भएकाे छ र कानुनि राज्यकाे स्थापना भएकाे छ । जहाँसम्म मन्त्री बन्ने संभावनाकाे कुराे – प्रतिनिधि सभाकाे सदस्यले त्याे चासाे राख्छ र राख्नु पनि पर्दछ तर दिर्घकालिन चेत राखेर राजनितिकाे खुल्ला चाैरमा प्रबेश गरेकाे राजनैतिक खेलाडिकाे लागि मन्त्री पद गाैर बिषय बन्न जान्छ । फेरि मन्त्री हुने कुराे – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाहि त्याे कम्बिनेसन नमिल्न नि सक्छ । अाजकाे परिस्थिति यहि नै हाे ।
हामी कठिन माेडमा छाै । याे घडिमा सबैमा धैर्यधारणकाे जरूरि छ । यसैले निर्णय गर्नु हुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरूरि छैन । पार्टिलाई अझ सशक्त र समृद्ध बनाँउनु जरूरि छ । पार्टि साइजमा नअाँउदै कुनै पनि प्रकारका गुनासा र माेलमाेलाइकाे लागि स्पेश दिनु जरूरि देख्दैन । नेपालकाे लाेकतन्त्रलाई सस्थागत गर्ने कुरामा याेग्दानकाे लागि पहल गराै । याे बिचमा म प्रति धेरै साथिहरूले साहनुभुति राख्नु भएकाे महसुस मैले गरेकाे छु । सबै माहनुभाबहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र अागमि दिनमा पनि उच्च प्रकारकाे समन्वयकाे अपेक्षा पनि लिएकाे छु । अन्तमा- मन्त्रीकाे सिफारिसमा पर्नु भएका सबै माननीय ज्युहरूकाे सफल कार्यकालकाे लागि शुभकामना ब्यक्त गर्दछु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार