
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आफ्नो सचिवालय बैठक बोलाएको छ । मंगलबार अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा आउने शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।
कार्यदलको प्रतिवेदनमा प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म ओली नै प्रधानमन्त्री रहने र पार्टीको सञ्चालनको सम्पुर्ण जिम्मा अध्यक्ष प्रचण्डलाई दिनेगरी सुझाव दिएको थियो । सुझाव प्रतिवेदनमा संघिय र प्रदेश मन्त्रिमण्डल हेरफेर लगायतका कुराहरु पनि समेटिएका छन् ।
मन्त्रीका लागि दौडधुप सुरु
पार्टीभित्रको शक्ती सन्तुलन र मन्त्रालयको भागबण्डा हुने भएपछि नेकपाभित्र नेताहरु मन्त्रीको लविङमा लागेका छन् ।
समस्या समाधानका लागि कार्यदलको सुझावमा केहि मन्त्रीहरु फेर्ने कुरा समेटिएपछि नेताहरु मन्त्रीको लविङमा लागेका हुन ।
मन्त्रीहरु फेर्नका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमती भइसकेको छ ।
नयां मन्त्रीहरु फेर्दा नेता माधव नेपालको समुहलाई पनि सम्मानजनक स्थान दिने बिषयमा पनि दुबै अध्यक्षबीच छलफल भएको बताइन्छ । मन्त्रिमण्डल पुनर्गठनसंगै विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिमा पनि पार्टीभित्रको सन्तुलन मिलाइने बताइएको छ ।













