
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।
मृत्यु हुनेमा मोरङका, ५६ र ६५ वर्षीया महिला, भक्तपुर र मकवानपुर ६४ र ७१ वर्षीया महिला, उदयपुर, पर्सा, धनुषा, सिराह, झापा, चितवन, कास्की र रुपन्देहीका ५२, ७२,४५, ५५, ८३, ५१, ५२ र ६० वर्षका पुरुष रहेका छन् ।










