काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफुमाथि गरेको कारवाही अवैधानिक भएको भन्दै मुकुल ढकाल निर्वाचन आयोग गएका छन् । रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट गरेका ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिन गएका हुन् ।
रास्वपाको केन्द्रीय समितिको बैठकले असार २५ गते सबै जिम्मेवारीबाट आफुलाई हटाउन गरेको निर्णय अवैधानिक रहेको दाबी गर्दै ढकालले आज निर्वाचन आयोगमा निवेदन दिएको बताए ।
पार्टीको पदीय जिम्मेवारीबाट आफुलाई हटाएको रास्वपाले औपचारिक पत्र हालसम्म नदिएको पनि ढकालले निवदेनमा उल्लेख गरेका छन् । कारवाही विधिसंगत नभएकाले आफू पदमा बहाल नै रहेको ढकालको जिकिर छ ।