केपी ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्रको निवास जाने गर्छन्- माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा जाने गरेको आरोप लगाएका छन् ।

आज काठमाडौमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी चुनावमा ओली ज्ञानेन्द्रसंग साँठगाँठ गर्ने योजनाका लागि उनको निवासमै जाने गरेको दावी समेत गरे ।

विदेशीहरुको दलाली गर्ने पार्टीसँग आफुहरुको कुनै पनि हालतमा तालेमेल नहुने बताए । अध्यक्ष नेपालले एमाले पार्टी र अध्यक्ष ओली दक्षिणपन्थी भएको पनि आरोप लगाए ।

आफूहरु वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै उनले आउने तीनै तहको चुनावमा सत्ता गठबन्धन मिलेरै जाने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार