
काठमाडौं । कोरोना महामारीका कारण चैत ११ गतेबाट रोखिएको अन्तराष्ट्रिय उडान र अन्तरजिल्ला सर्वाजनिक यातायात भदौ १ गतेबाट गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
अन्तराष्ट्रिय उडानमा दैनिक बढीमा ८ सय यात्री हुने गरी उडान गर्ने निर्णय गरेको छ । त्यस्तै अन्तरजिल्ला लामो दुरीका सार्वजनिक यातायात पनि सरकारले भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसअघि भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।












