काठमाडौंको वीर अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको तयारी


काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पछिल्लो समय नीजि अस्पताललाई पनि कोभिड अस्पताल बनाउदै आएको छ । यसै क्रममा काठमाडौंमा रहेको वीर अस्पताललाई पनि कोभिड अस्पताल बनाउने तयारी गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो ।

कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार