
काठमाडौं । कोरोना महामारीको बेला पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौंको बागबजारमा रहेको कालिका प्रिन्टिङबाट उनीहरु पक्राउ परेका हुन् ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरु विरुद्ध पत्रकारको नक्कली परिचयपत्र विक्री गरेको आरोप लागेपछि पक्राउ गरेको बताएको छ । साथै प्रहरीले उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।
पछिल्लो समय निषेधाज्ञामा नक्कली परिचयपत्र बनाउनेको संख्या बृद्धि भएपछि प्रहरीले निगरानी बढाएको छ । साथै नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा पनि प्रहरीले निगरानी गरिरहेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाको मौकामा पत्रकारको नक्कली परिचयपत्र र प्रेस जकेटको दुरुपयोग बढेको छ ।













