हाम्रो टिम नेपालद्धारा सिन्धुपाल्चोकको घुम्थाङ पहिरो पीडितलाई पनि राहात


सिन्धुपाल्चोक । सामाजिक संस्था हाम्रो टिम नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङका पहिरो पीडितलाई राहात सामाग्री वितरण गरेको छ ।
विभिन्न दाताहरुको सहयोगमा उक्त संस्थाले पहिरो पीडित ५८ घर परिवारलाई लत्ताकपडा र आद्यान्न वितरण गरेको हो ।

हाम्रो टिम नेपालले मानव क्रिएटिभ एसोसेशन, हेल्पिङ हेण्ड पोखरा, हाम्रो सानो प्रयास र बेलायतमा बस्दै आएकी सामजसेवी ईशा गुरुङको सहयोगमा पीडितलाई राहात सामाग्री वितरण गरिएको टिम नेपालका सचिव एलएस धामीले जानकारी दिए ।

उनकाअनुसार पीडितहरुलाई सिरक डसना १८ जोर, चामल २८ बोरा, दाल ९० किलो, तेल १८ लिटर, नुन १८ किलो, टिसर्ट ७० पिस र अन्य लुगाकपडा १ बोरा वितरण गरेकोको छ ।

नेपालका विभिन्न ठाँउमा विपत्तिमा परेकाहरुको उद्धार र राहतदेखि काठमाडौंको पुरानो बसपार्कमा महिनौंदेखि समस्यामा परेकाहरुलाई टिम नेपालले खाना समेत खुवाउदै आएको छ । टिम नेपालले हालै अछाम, बाजुरा, दार्चुला र कालीकोटका बाढी पहिरो पीडितलाई पनि राहत सामाग्री वितरण गरेका थिए ।

गत शनिबार राति अविरल बर्षापछि आएको पहिरोमा परी अहिलेसम्म १४ जनाको शव भेटिएको छ भने १८ जना अझै वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोले १८ घर पुरेको थियो । पहिरो गएको आसपासका अन्य २ सय बढी घरहरु उच्च जोखिममा छन् । वेपत्ताको खोजी र उद्धारको कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार