काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा ५ जना सहित देशभर थप १० जनाको मृत्यु भएको छ । देशभर १ महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीया महिला, ६१ र ६२ वर्षीया पुरुष, ललितपुरका ४२ र ७७ वर्षीया पुरुष, बाराका २०, रुपन्देहीका ७२, बार्दीयाका ६३ र ५० र अछामका ३४ वर्षीया पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।