कोरोनाबाट नेपालमा दोस्रो स्वास्थ्यकर्मीको मृत्यु


पर्सा । कोरोनाबाट नेपालमा दोस्रो स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दोस्रो मृत्यु हुनेमा पर्सामा कार्यरत ५८ वर्षीय सिनियर अहेब रहेका छन् । उनको काठमाडौंस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु भएका स्वास्थ्यकर्मी महोत्तरीको मनरा नगरपालिका–७ सरपलोका हुन् । उनी पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत थिए ।

जगनाथपुरमा नै रहँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो । असोज १ गते थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो ।

उपचारका लागि टिचिङ अस्पताल लगिए पनि त्यहाँ आईसीयू बेड खाली नभएपछि उनलाई करुणा अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यसअघिभदौं १० गते नेपालमा कोरोनाबाट पहिलो स्वस्थ्यकर्मी महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार