कोरोना संक्रमणबाट एकैदिन उपत्यकामा १२ सहित थप १९ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा १२ सहित एकैदिन थप १९ जनाको मृत्यु भएको छ । देशभर ५ महिला र १४ पुरुष सहित थप १९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका २६, ६५, ६७, ७८, ८१, ९१ वर्षीया पुरुष र ८१, ८३ र ७६ वर्षीया महिला, ललितपुरका ३, ५५ र ७१ वर्षीया पुरुष, सुनसरीका ५५, सर्लाहीका ४२, ६९, चितवनका ६२ र नवलपरासीका ३६ वर्षीया पुरुष रहेका छन् । त्यस्तै पर्साकी ६५ र गोरखाकी ४५ वर्षीया महिला रहेकी छन् ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार