२० वर्षीया महिला वेश्यालयमा बेचेको आरोपमा एकजना पक्राउ


काठमाडौँ । एक २० बर्षीय महिलालाई भारतको वेश्यालयमा बेचेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बस्दै आएका ५२ वर्षीय टाउटाउ तामाङ रहेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले ति महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा तमाङलाई पक्राउ गरेको जनाएको छ ।ति महिलालाई चार वर्षअघि राम्रो तलब सुबिधासहितको काममा लगाउने भन्दै प्रलोभन देखाएर भारतको मुम्बईसिथत वेश्यालमा बेचेका थिए ।

महिलालई बेचेर नेपाल फर्केकै दिन तामाङविरुद्ध उजुरी परेको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले जनाएको छ । तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन,२०६४ अनुसार कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको छ । ति महिलालाई २०७५ भदौ ५ गते ‘शक्ति समूह’ नामक संस्थाले उद्दार गरी नेपाल ल्याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार