नर्भिक अस्पतालले भन्योः ‘अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्छ’


काठमाडौैं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारे सचेत गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहद्धारा हस्ताक्षरीत विज्ञप्तिमा पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको चरम अभाव रहेको उल्लेख गरिएको छ ।
राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन नसकेको अस्पतालले जनाएके छ ।
“राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्ति हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार