आज पनि कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण


काठमाडौं । कोरोना भाइरसबाट नेपालमा ९ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परक्षिणमा ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १६८ जनाको मृत्यु भएको समेत मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो समय संक्रमितहरुले काठमाडौं उपत्यका लगायत देशभरका अस्पतालहरु भरिएपछि अवस्था झन विकराल बन्दै गइरहेको छ ।

अस्पतालमा बिरामी राख्ने बेडहरु खाली नभएपछि अस्पताल परिसरको खुला ठाँउमा बिरामीहरु राखेर समेत उपचार गर्नुपर्ने बाध्यता आएको छ । काठमाडौंका ठुला र सुविधा सम्पन्न भनिएका निजि अस्पतालहरुले अक्सिजनको अभावमा कोरोनाका थप बिरामी भर्ना गर्न नसकिने बताइसकेका छन् । धेरै संक्रमितलाई भेन्टिलेटर र अक्सिजन दिनुपर्ने भएपनि सरकारले निश्चित कोटा मात्रै दिने गरेका कारण थप बिरामी भर्ना गर्न नसक्ने ति अस्पतालहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार