विपक्षीलाई पछ्याउँदै ओली पनि प्रधानमन्त्रीमा दावी गर्दै शितल निवासमा


काठमाडौँ । नयां सरकार गठनका लागि विपक्षी दलहरुसंगै प्रधानमन्त्री केपी शर्मा ओली पनि शितल निवास पुगेका छन् ।
विपक्षी गठबन्धनका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय शितल पुगेपछि ओली पनि शितल निवास पुगेका हुन् ।

विपक्षी दलहरुले सिंहदरबारमा संयुक्त बैठक गरेपछि देउवाका पक्षमा वहुमत १४९ सांसदको हस्ताक्षर संकलन गरेर शीतल निवास गएका हुन ।

देउवालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूहका सांसहदरुलेसाथ दिदै हस्ताक्षर गरेका छन् ।

त्यसैगरी एमाले अध्यक्ष ओली पनि आफ्ना १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको भन्दै शितल निवास गएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार