यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै


काठमाडौं । यसबर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिने भएको छ ।

सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले यसबर्ष पनि एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो।

कोभिड महामारीका कारण गरिएको लकडाउनमा परीक्षा गर्न असंभव भएपछि आन्तरिक विधिबाट गरिन लागेको हो ।

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।

मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । जस अनुसार मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो ।

समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।
यसबर्ष पनि यहि प्रकृया अपनाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार