पछिल्लो २४ घण्टामा ६,४९१ निको ४,७६२ जना संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भन्दा निको हुनेको संख्या धेरै छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज देशका विभिन्न ठाँउमा कोरोना निको भएर ६ हजार ४९१ जना घर फर्केका छन् ।

त्यसैगरी देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पाइएको छ । मन्त्रालयको अपडेट अनुसार ११४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयले जनाएअनुसार नेपालमा हालसम्म संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । त्यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार