
काठमाडौं। सांसद पद पुर्नबहालीको माग गर्दै पूर्वमाओवादीका नेताहरुले सर्वोच्चमा दर्ता गराएको रिट उपर आज सुनुवाई हुँदैछ ।
माओवादी त्यागेर एमाले प्रवेशगरी मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले हिजो दताृ गराएको रिटमा आज न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाई हुँदैछ ।
निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका छन् । जसउपर आज सुनुवाई हुनेछ ।
उनिहरुले माओवादी छोडेर एमाले प्रवेश गरेपछि माओवादीले उनिहरुलाई कारवाही गर्दा सांसद पद चैट भएको थियो । सांसद पद जाँदा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए । तर त्यसविरुद्ध सर्वोच्चमा मुद्धा परेपछि सर्वोच्च अदालतको आदेशपछि उनीहरु मन्त्रीबाट हटेका थिए ।








