काठमाडौं। रौतहटमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्ने बिषयमा विवाद भई दोहोरो झडप हुँदा दर्जनबढी घाइते भएका छन् ।
जिल्लाको माधवनारायण नगरपालिका–४ विष्णुपुरस्थित श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चुन्ने बिषयमा दुई समूह बीच दोहोरो झडप हुँदा १३ जना स्थानिय घाइते भएका हनु् ।
विद्यालयका प्रधानाध्यापक राजेश यादव, स्थानिय पारस भण्डारी र माधवनारायण –४ का वडाअध्यक्ष रामदेनी मुखियाले आ आफ्नो पक्षको अध्यक्ष हुनुपर्ने बताएपछि उनिहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हातमा लठ्ठीसहित आएका दुई पक्षबीच झडप हुँदा दुबैतीरका १३ जना घाइते भएको र घटनामा संलग्न दुवै पक्षका एकरएक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धिविक्रम शाहले बताए ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको एसपी शाहको भनाई छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्न लागिएको थियो ।
लिँक क्लिक गरेर भिडियो हेर्नुहोस
https://www.facebook.com/anamolpost/videos/1467181863646498