अफगानिस्तानबाट अमेरिकी सेना भागेपछि चीनले भन्योः ‘तालिबानसँग दोस्ती गर्न चाहन्छौं’


काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना भागेपछि बिद्रोही समुह तालिबानले शासन सत्ता कब्जा गरेसंगै चीनले मुख खोलेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएअनुसार सोमबार चीनले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले

सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेकी छन, “अफगानी नागरिकले आफ्नो भविष्यको निर्णय आफैं गरुन्, चीन उनीहरुको यो अधिकारको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्न इच्छुक छ ।”

चीनले आफ्नो काबुलमा रहेको दूतावास बन्द नगर्ने र अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न र स्थितिप्रति सतर्क रहन सुझाव दिइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार