मेयर बालेनको घोषणाः २०८१ सालमा २,०८१ जनालाई सीपमूलक तालिम दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालृेन शाहले २०८१ सालमा २,०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् । आज आफ्नो फेसबुकमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन ।

रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले फेसबुक स्टाटसमा लेखेका छन्।

तालिममा महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र हिजोका दिनमा गैरकानुनी रूपमा फुटपाथ, सडक र ठेला व्यवसाय गर्ने व्यक्तिहरूलाई सहभागी गराइने उनको भनाई छ।

तालिममा सम्पूर्ण नेपाली नागरिक सहभागी हुन सक्ने र सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८१ वैशाख १५ गतेभित्र तोकिएका कागजात र विवरण अपलोड गरेर आवेदन दिन मेयर बालेनले आग्रह गरेका छन् ।

बालेनकाअनुसार तालीम वैशाख १९ गतेदेखि सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार