
काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन अन्त्य गरेर सरकार सहकारी पीडितको विपक्षमा उभिएको बताएका छन् । आज नयाँ बानेश्वरमास्थित ल्होत्से हलमा बसेको दलको बैठकमा सभापति देउवाले संसद अधिवेशन अन्त्य गर्नुले सरकार सहकारी पीडितको पक्षमा नरहेको प्रस्ट भएको बताए ।
उनले सहकारी पीडित र सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहन आफ सांसदहरूलाई निर्देशन पनि दिए ।
सरकारले आज राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।
सहकारी प्रकरणमा गृहमनत्री रवि लामिछानेको नाम मुछिएपछि काँग्रेसले संसदीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।











