लुम्बिनीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस,प्रतिपक्ष एमालेद्धारा बहिष्कार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

उनले संसदमा आफुलाई विश्वासको मत दिन समेत सांसदहरुलाई आव्हान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसीको नेतृत्वमा गठित सरकारले सोही धाराको उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले प्रदेशसभामा प्रस्ताव पेस गरेका हुन्। प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने बहिष्कार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार