
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मृगौलाको उपचार गराएर उनि आज स्वदेश फर्केका हुन् ।
उनको स्वागतका लागि नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए । नेता खनाललाई स्वागत गर्दै अध्यक्ष नेपालले अब संगै मिलेर नेपालको संविधान, गणतन्त्र, लोकतन्त्र, राष्ट्रियता, समावेशीता, संघीयता, धर्मनिरपेक्षताको रक्षा गर्दै पार्टी निर्माणमा लाग्ने बताएका छन् ।
केपी ओलीको तानाशाह प्रवृती, दक्षिणपन्थी कदम, कम्युनिष्ट आन्दोलन कमजोर पार्ने र ब्यक्तिवादी ब्यवहारका कारण नेकपा एमाले फुटेको अध्यक्ष नेपालको भनाई छ ।
आफ्नो नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउँदै क्रान्तिकारी पार्टी निमार्ण गर्ने र समाजवादको यात्रामा सबैसंग सहकार्य गरेर अघि बढ्ने समेत बताए ।
संचारकर्मी माझ नेता खनालले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिदैं आफ्नो बाँकी जीवन कम्युनष्टि आन्दोलन, नयां पार्टी निर्माण र देश विकासमै सर्मपित रहने बताए ।












