अध्यक्ष ओलीको प्रतिवेदनमाथि घनश्याम भुषालको फरक मतः जबज अस्पष्ट, समाजवादबारे अलमल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले पार्टीका अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिविेदनमाथि फरक मत राखेका छन् । पार्टीको आज सम्पन्न केन्द्रिय कमिटी बैठकमा उपमहासचिव भुसालले पारित भएका तीनै प्रतिवेदनमा फरक मत राखेका हुन ।

उनले अध्यष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे अस्पष्ट, संसद विघटनको कारण अस्पष्ट र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै फरक मत दर्ज गराएका छन्।

तर, छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भने संसद विघटन हिजो, आज र भोली पनि जायज भन्दै बचाउ गरेका थिए।

बैठकले पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोली ११ बजे स्थायी समिति बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार