पूर्वमाओवादीलाई यथोचित स्थान नदिएको भन्दै एमाले विधान महाधिवेशनमा प्रभु साह गएनन्

काठमाडौँ । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह सहभागी नहुने भएका छन् । विधान महाधिवेशन सुरु हुनुपूर्व आज बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा नेता साहले सहभागी नहुने निर्णय गरेका हुन् ।

नेता शाहले महाधिवेशन प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरिएको हो । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।

माओवादी केन्द्र छोडेर एमाले छिरेका नेता शाह पछिल्लो समय एमालेका गतिविधिबाट टाढा रहँदै आएका छन् । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि शाह एमालेतीर लागेका थिए तर पछिल्लो समय एमालेसंग असन्तुष्टि राख्दै आएका उनि महाधिवेशनमा सहभागि नहुने भएका हुन् ।

यसअघि असोज ८ गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गरेका थिए ।

एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ । अधिवेशनमा देशरभरीबाट करिब ६ हजार नेता कार्यकर्ता सहभागि हुने एमालेले जनाएको छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले केहिबेरमा गर्ने तयारी भइरहेको एमालेका नेताहरुले बताएका छन् । देशैभरीबाट अधिवेशनमा आउका सहभागीहरुलाई कार्यक्रम हलभित्र ब्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार