प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत


जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका थिए भने विपक्षमा २३ मत मात्रै परेको थियो ।

सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री राउतले आज विश्वासको मत लिएका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत मुख्यमन्त्रीको दल जसपा नेपाल विभाजित भएपछि विश्वासको मत लिनु परेको हो । मुख्यमन्त्री राउत सत्ता गठबन्धका दलहरु नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समर्थन गरेका कारण विश्वासको मत लिन सहज भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार