सर्वोच्चमा कानून व्यवसायीले गरे कालोपट्टी बाँधेर प्रदर्शन


काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको छ । तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडानमा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार